Wednesday, February 8, 2023

 Gajal No. 80



तिमीलाई त के हाम्रो भन्ज्यांग माड्नु थियो 

हजुर बाको तरकारी सिस्नुबारी फाड्नु थियो 

लोहोरीले आगो फुक्दा सारै मुर्छा पर्थे लड्थे 

तिमीलाई त ज्ञान गुन सितैमा बाड्नु थियो 

उध्रेको पाईजामामा सबारी हुन्थे पधेरिमा 

रित्तो गाग्रो देखाएर राम्रो योग भाडनु थियो

अन्न बालि खेतीपाती भित्रयाउदा पुजा गर्थे

तिमीलाई त रितिरिवाज खर्लप्पै छाड्नु थियो

No comments:

Post a Comment