Wednesday, February 8, 2023

 Gajal No. 80



थाहा पाए मैले तिम्रो नुन खाको रैछु

जतन गरि राखेका नाना लाको रैछु 

किन हेर्थे इनले ठुला गिद्दे आँखा मैतिर 

मनैमनको डरैडरले पागल भाको रैछु

के हो लौन बित्यास पारयो भन्या सुन्थे

केहि रहेन छ ठुल्ठुला गाली पाको रैछु

ठुलो क्षति दिमाग मा परेको हो पक्कै

धनको वियोगले सपनीमा गाको रैछु

No comments:

Post a Comment