Wednesday, February 8, 2023

 Gajal No. 76


तिम्रो आगमनले आज आभार भो मेरो दुनिया 

आफ्नै आखा अगाडी साभार भो मेरो दुनिया 

कुन गल्लीमा कुन हालमा भेटाउने हो मैले

अस्त्र छैन कसैको ठुलै प्रहार भो मेरो दुनिया

आँखा छली कुन मतिले नराम्रो गर्ने होला

छिचोलेर नसकीने जंघार भो मेरो दुनिया

समय यस्तै रहेछ कहिले हुरी कहिले पैरो

तिम्रो माया प्रेमको बहार भो मेरो दुनिया

No comments:

Post a Comment