Wednesday, February 8, 2023

 Gajal No. 77



बिर्सियो की त डायरीमा हेर्ने छु तिम्रो नाम

निलो रंगले सरिरभरी केर्ने छु तिम्रो नाम

पर्ख हेरौन कुन पाना मा पोतिएछौ तिमि

भेटिएनौ भने डायरीमा फेर्ने छु तिम्रो नाम 

रंगियेछौ कालो रंगले सजिएकी रहिछौ 

अब सप्तरंगी रंगहरुले बेर्ने छु तिम्रो नाम

बस संगै जुन पानामा केरिएकी भएपनि

बजार भरी सर्पले झैँ घेर्ने छु तिम्रो नाम

No comments:

Post a Comment