Wednesday, February 8, 2023

 Gajal No. 85



जान्छु नि आफन्तलाई भेट्न खाली हात 

कैयन सालको नियाश्रो मेट्न खाली हात 

जीवनका घुम्तीहरु प्राय टेड़ो मेड़ो हुदा 

पुराना सबै यादहरु समेट्न खाली हात 

म आउने दिन गनेर टोलाएका आँखा हरु 

पुण्य भूमि मेरो प्यारो लेख्न खाली हात

मित्र जुटे होलान, परिबर्तन भयो होला

हासो, रमाइलो, माया देख्न खाली हात

No comments:

Post a Comment