Wednesday, February 8, 2023

 Gajal No. 81



आफ्नै घरको आगनीमा भाऊ दुखेका छन् 

ठगि गर्छु भन्ने हरुका हेर दाउ दुखेका छन् 

कमिला ले ओसारेको माटोको पहाड बन्थ्यो 

परिश्रम गर्छु भन्ने हरुकै पाउ दुखेका छन् 

थोरै रकम सापटी ले ठुलो व्यापार हुन्थो 

चिचिला लाई निचोरेका माउ दुखेका छन्

महाजनहरु लाई उचालेर थचारेर पिटे

निको नहुदै उप्काएका घाउ दुखेका छन्

No comments:

Post a Comment