Wednesday, February 8, 2023

 Gajal No. 83



म त के मलाई कसको प्रित अमर छ र ?

तिमि त झनै दुरुस्तै कसको लहर छ र ?

जहाँ जन्मेउ त्यो ठाउँ लाई माया सिक 

छाती फुलाए, बस्नलाई कुन सहर छ र ? 

कालो पोतियो कि बोल्दा जिब्रो लड़बडायो

तिम्रो दुरबिन बाट मलाई हेर्ने बगर छ र ?

भक्कानो पर्यो कि मुटु मस्तिस्कमा घाउ

डाक्टरी पढेकि छोरीको कुन नगर छ र ?

सबैले खोजेको रोजेको एउटा कर्मसिलता

मलाई स्वीकार्ने समाज रुपान्तर छ र ?

No comments:

Post a Comment