Wednesday, February 8, 2023

 गजल

काम छैन भनि घरमै बस्याछन्
आज सम्म पनि डरमै बस्याछन्

भरेर खाली कापीका पानाहरु
जिबन साथीको भरमै बस्याछन्

सोचेर रातभरी अनेकौ थरि
आफ्नै सपनाको बगरमै बस्याछन्

सफलताको कडी हात लाग्ला भनि
धन कुण्डको रहरमै  बस्याछन्

काम छैन भनि घरमै बस्याछन्
आज सम्म पनि डरमै बस्याछन्
(मिति : ०७, ११, २०१४, समय: ०४:५० साँझ) 

No comments:

Post a Comment