Wednesday, February 8, 2023

 गजल

उसले पाउने सलाम खोसियो
भेट्न खोज्नेको लाम खोसियो

यत्रो ठुलो भिडमा अगाडी थिए
भिड बाटै उसको नाम खोसियो

मरेछन स्रस्टा स्वर्गमा वास होस्
घेरेर उ लडेको ठाम खोसियो

लिपियो त्यो घर आशुले आज
गृहस्थी सम्हाल्ने खाम खोसियो

हाम्रै माझबाट बितेर गए
चर्केर लागेको घाम खोसियो

उसले पाउने सलाम खोसियो
भेट्न खोज्नेको लाम खोसियो

(मिति : ०७, ११, २०१४, समय: ०४:३५ साँझ)

No comments:

Post a Comment