Wednesday, February 8, 2023

 गजल


सानो काम लगाएर चोट लगायौ
छिमेकी भएर पनि खोट लगायौ

नभरी माटो फूलदानीमा पहिले
आर्थिक मन्दीमा खोटो नोट लगायौ

विलासता हैन न सुन्दरताको भ्रम
आँगनी मै कालीझारको वोट लगायौ

भागबन्डा मिल्दैन ठानेर तिमीले
परिवारको राय र भोट लगायौ

सानो काम लगाएर चोट लगायौ
छिमेकी भएर पनि खोट लगायौ

(मिति : ०७, ११, २०१४, समय: ०४:१५ साँझ) 

No comments:

Post a Comment