Wednesday, February 8, 2023

 गजल

सबैलाई थाहा भएरै लुकाए
हात जोडी नजिकै गएरै लुकाए

सरिर मस्तिस्कमा लागेको चोट
हरेक पल्ट इनले सहेरै लुकाए

पापले भरिएको संसार रहेछ
बागमतीमा स्नान गरेरै लुकाए

मनभित्रको कालो तुष त झन्
पशुपतिमा हात जोडेरै लुकाए

सबैलाई थाहा भएरै लुकाए
हात जोडी नजिकै गएरै लुकाए
(मिति : ०७, ११, २०१४, समय: ०७:२५ साँझ) 

No comments:

Post a Comment