गजल
जगत ले दिएको सदाचार कबुल छैन
संसारले गरेको ब्यबहार कबुल छैन
निस्तब्ध गरायौ आश हरु जिन्दगीका
समाजले गरेको अत्याचार कबुल छैन
थोरै पन्ना पल्टाउदैमा आश मर्यो
सत्रु सम्झेर लगाएको बार कबुल छैन
सबै मिलेर बिधुतिए कानेखुसी गर्या छौ
ब्रम्हान्डले दिएको यस्तो हार कबुल छैन
जगत ले दिएको सदाचार कबुल छैन
संसारले गरेको ब्यबहार कबुल छैन
(मिति : १०, ११, २०१४, समय: ०४:२५ साँझ)
No comments:
Post a Comment