Wednesday, February 8, 2023

 गजल

जैले अर्ति र उपदेश, मनै मरेर आयो
लाग्छ जोगीको जस्तो भेष, मनै मरेर आयो

आफ्नो भनेर खाटमा जता ढले पनि हुने
तेही खाटको उपनिवेश, मनै मरेर आयो

बाड्नु पर्छ ठानेर पैसा कमाएको होइन
बचेको घर हो सेश, मनै मरेर आयो

जति माया गरेर मनभित्र राखे तापनि
पुर्याई दिन्छौ मनमै ठेस, मनै मरेर आयो

देशकै जनता भन्दा बाहिरका पल्या छन्
कस्तो जनतामुखी देश, मनै मरेर आयो



No comments:

Post a Comment