Wednesday, February 8, 2023

 गजल


सानो काम लगाएर चोट लगायौ
छिमेकी भएर पनि खोट लगायौ

नभरी माटो फूलदानीमा पहिले
आर्थिक मन्दीमा खोटो नोट लगायौ

विलासता हैन न सुन्दरताको भ्रम
आँगनी मै कालीझारको वोट लगायौ

भागबन्डा मिल्दैन ठानेर तिमीले
परिवारको राय र भोट लगायौ

सानो काम लगाएर चोट लगायौ
छिमेकी भएर पनि खोट लगायौ

(मिति : ०७, ११, २०१४, समय: ०४:१५ साँझ) 

 गजल

काम छैन भनि घरमै बस्याछन्
आज सम्म पनि डरमै बस्याछन्

भरेर खाली कापीका पानाहरु
जिबन साथीको भरमै बस्याछन्

सोचेर रातभरी अनेकौ थरि
आफ्नै सपनाको बगरमै बस्याछन्

सफलताको कडी हात लाग्ला भनि
धन कुण्डको रहरमै  बस्याछन्

काम छैन भनि घरमै बस्याछन्
आज सम्म पनि डरमै बस्याछन्
(मिति : ०७, ११, २०१४, समय: ०४:५० साँझ) 

 गजल

उसले पाउने सलाम खोसियो
भेट्न खोज्नेको लाम खोसियो

यत्रो ठुलो भिडमा अगाडी थिए
भिड बाटै उसको नाम खोसियो

मरेछन स्रस्टा स्वर्गमा वास होस्
घेरेर उ लडेको ठाम खोसियो

लिपियो त्यो घर आशुले आज
गृहस्थी सम्हाल्ने खाम खोसियो

हाम्रै माझबाट बितेर गए
चर्केर लागेको घाम खोसियो

उसले पाउने सलाम खोसियो
भेट्न खोज्नेको लाम खोसियो

(मिति : ०७, ११, २०१४, समय: ०४:३५ साँझ)

 


गजल
सबैले भनेजस्तो हुन सकिएन
तिम्रो मात्र मन छुन सकिएन

बेनियम मा चल्न थाले पछी
नियमले आयौ नुहुन सकिएन

नकारात्मक सोचले पोतिएका
दागहरु बनेछन धुन सकिएन

सबैले भनेजस्तो हुन सकिएन
तिम्रो मात्र मन छुन सकिएन
(मिति : ०७, ११, २०१४, समय: ०७:१० साँझ) 

 गजल

सबै जना मिलेउ अनि हात लगायौ
मुखमा अस्लिलाताको खात लगायौ

कापेउ सरिरमा देवता चढे झै
मदिरा पिएर अनि मात लगायौ

रातभरी हरायौ कहाँ गयौ कुन्नि
नशाले नछोड दै मलाई बात लगायौ

म नै सोझो मसंग फाइदा लिएछौ
भबिस्य थाहा भयका कै माथ लगायौ

सबै जना मिलेउ अनि हात लगायौ
मुखमा अस्लिलाताको खात लगायौ
(मिति : १०, ११, २०१४, समय: ०७:०० साँझ) 

 


गजल
जगत ले दिएको सदाचार कबुल छैन 
संसारले गरेको ब्यबहार कबुल छैन 

निस्तब्ध गरायौ आश हरु जिन्दगीका
समाजले गरेको अत्याचार कबुल छैन 

थोरै पन्ना पल्टाउदैमा आश मर्यो
सत्रु सम्झेर लगाएको बार कबुल छैन 

सबै मिलेर बिधुतिए कानेखुसी गर्या छौ
ब्रम्हान्डले दिएको यस्तो हार कबुल छैन 

जगत ले दिएको सदाचार कबुल छैन 
संसारले गरेको ब्यबहार कबुल छैन 
(मिति : १०, ११, २०१४, समय: ०४:२५ साँझ)

 गजल

सबैलाई थाहा भएरै लुकाए
हात जोडी नजिकै गएरै लुकाए

सरिर मस्तिस्कमा लागेको चोट
हरेक पल्ट इनले सहेरै लुकाए

पापले भरिएको संसार रहेछ
बागमतीमा स्नान गरेरै लुकाए

मनभित्रको कालो तुष त झन्
पशुपतिमा हात जोडेरै लुकाए

सबैलाई थाहा भएरै लुकाए
हात जोडी नजिकै गएरै लुकाए
(मिति : ०७, ११, २०१४, समय: ०७:२५ साँझ)